हिमाल दैनिक
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बारले गर्यो आन्दोलनको घोषणा
nepal-bar-association
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबारसम्म कालोपट्टि बाँधेर धर्ना दिने निर्णय हो । बैठकले प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलासमा नबस्न पनि माग गरेको छ । त्यसैगरी आन्दोलनको रप रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । बैठकले पहिलो चरणको आन्दोलनको अवधिमा प्रधानन्याधिशको राजीनामा नआए थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको बारका महासचिव लीलामणी पौडेलले जानकारी दिए । उनले प्रधानन्याधिशले आफुमाथि प्रश्न उठ्दा राजीनामा नदिएकाले आन्दोलनको घोषणा गरेको भन्दै चार दिनभित्र राजीनामा नआए अर्को चरणको आन्दोलन गर्ने बताए । त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update