हिमाल दैनिक
अध्यक्ष ओली भन्छन्: सरकारबाट बाहिरिएर पार्टीलाई निकै फाइदा भयो
emale-adhyax-kp-sharma-oli
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएर पार्टीलाई निकै फाइदा भएको तर्क गरेका छन् । शनिबार एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारबाट बाहिर निस्केपछि संगठनलाई मजबुद बनाउन आफूहरुले समय पाएको र यसले समग्र पार्टीलाई नै फाइदा भएको बताएका हुन् । त्यस्तै उनले निर्वाचन आउन लागेपछि सरकारबाहिर बसेर संगठनको काममा लाग्दा पार्टीलाई फाइदा हुने तर्क पनि गरे । एमाले अहिले भएका पार्टीहरुमध्ये सबैभन्दा योग्य रहेको दावी गर्दै उनले सम्पूर्ण सिट एमालेलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । त्यस्तै एमालेमा रहेर एमालेलाई कमजोर बनाउन खोज्नेहरु बाहिरिएपछि पार्टीमा एकता भएको जिकिर गरे । सम्बोधनका क्रममा अध्यक्ष ओलीले देश बिगार्नेहरुलाई नै कांग्रेसले लिएर हिडेको आरोप लगाए । ओलीले महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भएको र महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखे । त्यस्तै ओलीले आफु प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको प्रचण्डको आरोपको खण्डन गर्दै भान्सामा भाँडाकुँडा पनि आफ्नै लगेको बताएका हुन् । आफु साधारण तरिकाबाट जिउने व्यक्ति भएकाले आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ । ओलीले मंसिरमा हुने महाधिवेशनले पार्टीलाई थप मजबुद ढंगले अघि बढाउने दावी गरे ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update