प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।
आचार्य भदौ १० गते मुख्यमन्त्री बनेका थिए । ६७ दिन मुख्यमन्त्री बनेका आचार्यले बैठकमा आफ्नो सरकारले गरेको कामका बारेमा जानकारी दिएका थिए ।
प्रदेश नं १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको गठबन्धनबाट नै नयाँ मुख्यमन्त्री चयन गर्ने तयारी भएपछि आचार्य अल्पमतमा परेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय