नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवा वा माओवादी अध्यक्ष पुष्पकमल दाहालले झुट बोलेको टिप्पणी गरेका छन् ।
सोमबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले पत्र लेखेको र प्रचण्ड नलेखेको बताएर दुईमध्ये एकले झुट बोलेको टिप्पणी गरेका हुन् । उनले दुई नेताको अभिव्यक्तिले द्विविधा उत्पन्न भएको भन्दै स्पष्ट पार्नुपर्ने धारणा पनि राखे । उनले अदालतको गरिमा र मर्यादा पालना नगर्ने तथा संविधानको पालना नगर्ने सबै न्यायाधिसले राजिनामा गर्नु राम्रो हुने बताए ।
ओलीले संवैधानिक इजलास गठन गर्ने क्रममा सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप पनि लगाए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्