हिमाल दैनिक
पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय
5 parties' leaders
सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न समिति बनाएको छ। सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति संयोजकमा रामचन्द्र पौडेललाई राख्ने निर्णय गरेको सञ्चार तथा सूचना मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।गठबन्धन ५ दलबाट २र२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको उहाले जानकारी दिए । समितिमा कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नारायणकाजी श्रेष्ठ सदस्य छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको कार्किले बताए ।दुई-दुई महिनामा संयोजक परिवर्तन हुने उनले जानकारी दिए । यो संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने उनको भनाइ छ । उक्त समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्ने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update