नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई एशोसिएसनको गेटबाटै
पक्राउ गरेको थियो ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ । तर बारको आन्दोलन अपूर्ण भएको भन्दै अर्को समूहले सेतोपट्टी बाधेर बिरोध गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्