हिमाल दैनिक
मूल्य बृद्धिबिरुद्ध बिप्लव नेतृत्वको बिरोध प्रदर्शन (भिडियो)
nekapa-biplab-birodh
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिबिरुद्ध बिप्लव नेतृत्वको नेकपाले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध तत्काल फिर्ता लिन माग गर्दै नेकपाले बिहिबार काठमाडौंको शान्टिबाटीमा बिरोध प्रदर्शन गरेको हो ।
@himaldainik मूल्य बृद्धिबिरुद्ध बिप्लव नेतृत्वको बिरोध प्रदर्शन (भिडियो) #Nepalbanda #biplabchand #Biplabnepalbanda #Nepalbanda ♬ original sound - Himal Dainik
जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको आरोप उनीहरुले लगाएका छन् । प्रदर्शनका क्रममा नेकपाले एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने भन्दै नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका नेता माइला लामाले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसकने बताए । यस्तै नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा समेत गरेको उनले बताए । आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी निगमले थप ७५ रूपैयाँ बढाएर ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ भने पेट्र‍ोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update