नेपाल बार एसोसिएसनको विरोध प्रदर्शनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएका छन् ।
बारको नेतृत्वमा सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला उनि फरक गेट प्रयोग गरेर सर्वोच्च पुगेका हुन् । जवरा महान्यायधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेका थिए ।
प्रधानन्यायशिनको राजीनामा माग गर्दै बारले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिएको छ ।
@himaldainik प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यसरी छिरे सर्वाच्च अदालत #SupremeCourt #Sarwacchadalat #cholendrashumsherrana ♬ original sound - Himal Dainik
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्