हिमाल दैनिक
एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्: अध्यक्ष दाहाल (भिडियो)
puhspa-kamal-dahal-prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको बताएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीहरुले बिभिन्न आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाइ सिद्धाउन खोजेको बताएका हुन् । उहाले प्रचण्डलाई जनताले नै जन्माएको भन्दै माओ, लेनिन, प्रचण्डहरु एउटा कालखण्डमा धेरै जन्मन नसक्ने तर्क गरे । 'प्रचण्ड नेपाली जनताले जन्माएको हो । तपाई हामी सवै लडेर निर्माण गरेको हो प्रचण्ड । व्यक्ति होइन प्रचण्ड । फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्’, उनले भने, ‘थुप्रै मार्क्स हुने, लेनिन हुने,थुप्रै माओ हुने हुदैन ।’
@himaldainik एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्: अध्यक्ष दाहाल #Prachanda #prachanda_puspakamal_dahal #maobadikendranepal ♬ original sound - Himal Dainik
कार्यक्रममा प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको धारणा राखे। बिप्लव , मोहन बैद्य लगायतका नेताहरु अव एकै ठाँउ आउनुपर्नेमा उनले जोड दिए । उनले भने, 'यो मञ्चबाट म ढिलोछिटो विप्लवजी पनि आउनुहुन्छ भनेर म विश्वास पनि व्यक्त गर्नुहुन्छ । अलग अलग भएर होइन अव हामी सवै एक ठाउँ बसेर मात्रै नेपाली क्रान्तिलाई मौलिक तरिकाले, नयाँ अनुसन्धान गरेर अगाडि लान सकिन्छ’ कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई माओवादी प्रवेश गराइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update