हिमाल दैनिक
हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको लडाई लडिरहेका छौं: अध्यक्ष नेपाल
madhav-kumar-nepal (6)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने भन्दै अहिले आफुहरुको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका हुन् । उनले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको धारणा पनि राखे । त्यस्तै उनले पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको दावी गरे। अध्यक्ष नेपालले गलत प्रवृति र बानी त्याग्न पत्रकारहरुलाई सुुझाव दिए । उनले जनतालाई सुुसुचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न पनि आग्रह गरे ।
@himaldainik पाँचतारे होटल धाईधाईकन पिएको थाहा पाएँ भने म राम्रो मान्दिनँ: #Madhavnepal ♬ original sound - Himal Dainik
  कार्यक्रममा संगठनको नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै केहि पत्रकारले आपत्ती जनाएका थिए । समाजवादीका प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले छुटेका व्यक्तिलाई समायोजन गर्ने आश्वासन दिएपनि उनीहरुले कार्यक्रम नै बहिष्कार गरेका थिए । शम्भु श्रेष्ठलाई अध्यक्षमा स्वीकार गरेपनि अन्य पदाधिकारी चयनमा भने विवाद देखिएको हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update