हिमाल दैनिक
केपी ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरुको बिजोग भयो: अध्यक्ष नेपाल
madhav-kumar-nepal (7)
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा रहेका केहि नेताहरुको बिजोग भएको तर्क गरेका छन्। समाजवादी काभ्रे काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरुको बिजोग भएको तर्क गरेका हुन् । उनले अहिले पनि एमाले भित्र ओलीले गुट नै चलाईरहेको धारणा पनि राखे ।
@himaldainik केपी ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरुको बिजोग भयो: अध्यक्ष नेपाल#Madhavkumarnepal #Madhavnepal #madhavnepalvsoli ♬ original sound Himal Dainik
नेपालले केहि नेताहरु समाजवादीमा फर्कने क्रम सुरु भइरहेको दावी गरे। पुराना पार्टीसंगै बिद्रोह गरेर बनेको पार्टीमा जनलहर र उत्साह देखिएको उनले बताए। उनले आउने राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति गठबन्धनबीच भएको भन्दै अवको निर्वाचनमा एमालेको पत्तासाफ हुने उल्लेख गरे। अवको निर्वाचनमा कलम चिन्हका साथ जनतामाझ जाने र जनताले विश्वास गर्ने उनको भनाई छ । कार्यक्रममा बिभिन्न दलबाट आएका व्यक्तिहरुलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराएका थिए।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update