नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसंग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चूनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासंग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका हुन् ।
माओवादीको अवको चूनाव बिग्रने र प्रचण्डले पनि एक्लै चूनाव नजित्ने उनले बताए । बास्तोलाले वैज्ञानिक समाजवादका जानका लागि मात्र नेपालमा बृहत कम्युनिष्ट एकता हुनसक्ने तर्क गरे।
त्यस्तै उनले न्यायलयमा देखिएको दृश्यले दुखित तुल्याएको भन्दै न्यायलयमा देखिएको घटना दलाल पूजिवादी व्यवस्थाको उपज भएको जिकिर गरे । उनले आफुहरुले वर्तमान संसदीय व्यवस्था परिवर्तका लािग जनमत संग्रहको चूनाव गर्नुपर्ने भन्दै जनमत बिनाको चूनावमा सहभागी हुन नसकने बताए ।
त्यस्तै बास्तोलाले जनतालाई मारमा पर्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलन घोषणा गरिएको जानकारी दिए । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिले सवै क्षेत्रमा प्रभाव पर्ने भन्दै कुनै पनि हालतमा सरकारले मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनले बताए । उनले पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै बढि भएको र निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप लगाए ।
उनले आफुहरुको अवको आन्दोलन शान्तिपूणरुपमा गर्ने बताए । नेता बास्तोलले सरकारले आफुहरुसंग गरेको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएको गुनासो गरे ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय