हिमाल दैनिक
सभापतिमा उम्मेदवारी दिनबाट मलाई कसैले रोक्न सक्दैन: नेता सिंह
prakash-man-singh (3)
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिनबाट कसैले रोक्ने नसक्ने बताएका छन् । सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता सिंहले आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिने बताएका हुन् । उनले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको र कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गरेकोे आरोप लगाए । उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पु¥याउनुपर्ने बताए ।  
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update