नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास राखेको आपति जनाएका छन् । सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्ने क्रममा सिंहले कार्यालय हुँदाहुँदै सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘पार्टी केन्द्रीय समितिको बैठक सभापतिको घरमा राखिएको छ। केन्द्रीय कार्यालयमा राख्नुपर्यो नि,’ उनले भने,'पार्टी कार्यालय भवन के काम? बूढानिलकण्ठ नदेखेको हो र? उहाँको घर बन्नुअगाडि देखि नै बुढानिलकण्ठ भगवानलाई प्रार्थना गर्न जान्थ्यौं।’
उनले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए ।
त्यस्तै उनले विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय