हिमाल दैनिक
'आँट नभएकाहरु एमालेको ढोका बाहिर राेइकराइ गरेर बसेका छन्': अध्यक्ष नेपाल
gagan-thapa (4)
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु एमालेको ढोका बाहिर रोईकराई बसेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा सभामा अध्यक्ष नेपालले एमालेको ढोका बन्द गरिएपछि आफुहरुले नयाँ ढोका खोलेको भन्दै अहिले पनि आँट नभएकाहरु एमालेको ढोकामा रोईकराई बसेको टिप्पणी गर्रेका हुन् । उनले भने,'आँट नभएकाहरु ढोका बाहिर रोएर कराएर बसिरहेका हुन्छन् । आँट हुनेहरु नयाँ संरचना बनाएर अघि बढ्छन्, किनभने समयले हामीलाई कुर्दैन। ' उनले आँट भएकाहरु नयाँ संगठन बनाएर अघि भएकाले आफुहरुले नयाँ बाटो रोजेको बताए । उनले भने ‘जब स्पेश हुन्छ । त्यहाँ अन्तरपार्टी संघर्ष चल्छ । र जहाँ ढोका बन्द गरिन्छ, ढोका बन्द गरेको मात्रै होइन, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ । ’ नेपालले कृषि क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको धारणा पनि राखे । त्यस्तै उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको जिकिर गरे । कृषिमा आधारित बस्तुको उत्पादनलाई बढावा दिन भू उपयोग नीतिको तर्जुमा गर्नु जरुरी रहेको उनको भनाई छ । कार्यक्रममा अध्यक्ष नेपालले अखिल नेपाल किसान महासंघको पदाधिकारीलाई सपथ खुवाएका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update