श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका छन् ।
बुधबार आकस्मीक अनुगमनका क्रममा वैदेशिक रोजगार कार्यालय पुग्नु भएका मन्त्री श्रेष्ठ समक्ष सेवाग्रहीको धेरै गुनासो आएपछि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका हुन् । करिव दुई घण्टाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कार्यालयबाट हुने गरेका सवै कामहरुको बारेमा जानकारी लिएका थिए ।
अनुगमनपछि मन्त्री श्रेष्ठले बिहीबारबाटै सेवा प्रवाहमा सुधार गर्ने गरि काम गर्न निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै टोकन सिष्टममा देखिएका समस्या समाधान लागि पनि उनले निर्देशन दिएका हटी । श्रमिकहरुलाई नियतबस दुख दिने कुनै पनि काम नगर्न निर्देशन दिदै सेवा प्रवाहमा कुनै कानूनी झण्झटहरु भए समाधान गर्ने मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठको अनुगमनका क्रममा सेवाग्रहीले भने एउटै कामका लागि दुई तीन दिन लाग्ने गरेको र यसका कारण पूर्वनिर्धारित उडान छुट्ने देखिएको गुसानो गरेका थिए । टोकन दिन दुई दिनसम्म पनि धाउदा नपाएको गुनासो उनीहरुको छ ।
अनुगमनपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहमा सुधारका काम नभए कारवाही गर्ने चेतावनी दिएका थिए।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय