हिमाल दैनिक
नेपालमा कोरोनाको खोप अभाव हुँदैन: स्वास्थ्यमन्त्री खतिवडा
birodh-khatiwada
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालमा कोरोनाको खोप अभाव नहुने स्पष्ट पारेका छन् । शुक्रबार भक्तपुरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाले नेपालमा प्रयाप्त खोप आउने प्रक्रियामा रहेको भन्दै कोरोनाको खोप अभाव नहुने स्पष्ट परेका हुन् । अहिलेसम्म नेपाल कोरोनाबिरुद्धको ६ करोड खोपको अवस्थामा रहेको उनले बताए । मन्त्री खतिवडाले उहाले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन खोजेको बताए । त्यस्तै स्वास्थ्य बिमालाई बिस्तार गर्दै भुक्तानीलाई व्यवस्थीत गरिने धारणा राखे । फरक प्रसंगमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडाले यसअघिको सरकारले गफ बढि काम कम गरेको आरोप लगाए । उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न खोजेकै कारण सवै प्रदेशबाट एमाले बाहिरिनुपरेको तर्क गरे । उनले आफुहरु राणाशासन, पञ्चायत र राजतन्त्रबिरुद्ध लडेका पार्टीहरुसंग मात्र निर्वाचनमा सहकार्य हुने बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update