हिमाल दैनिक
उपध्यक्ष रावलको गुनासो: 'महाधिवशेनबारे छलफल गर्न खोज्दा कसैले पनि रुची देखाएनन्'
bhim-rawal
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवशेनका बिषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको गुनासो गरेका छन् । सोमबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले आफुले १० औं महाधिवेशनको प्रक्रियामा बिषयका अध्यक्ष केपी ओली र स्थायी कमिटी बैठकमा छलफल गर्न चाहेपनि रुची नदेखाएको गुनासो गरेका हुन् । यसअघि महाधिवेशनको एक दुई महिना अघि नै उम्मेद्वारका बिषयमा छलफल हुने भएपनि यसपटक त्यसो हुन नसकेकाले लक्ष्य र उदेश्य स्पष्ट पारेर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको उनले बताए। उनले राष्ट्र र एमालेलाई बलियो बनाउदै आगामी चूनावमा बिजयी गराउन आफ्नो भूमिका हुने जिकिर गरे। यसपटक पार्टीले नै समूहगत रुपमा उम्मेद्वारी नदिने निर्णय गरेकाले आफुले एक्लै उम्मेद्वारी दिएको भन्दै रावलले पार्टी रुपान्तरणमा लाग्ने सवैले साथ दिने दावी गरे । एमालेको स्थायी कमिटी बैठकका लागी रावल लगाएतका नेताहरु तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका थिए तर एमाले अध्यक्ष केपी ओली बिरामी भएका कारण बैठक मंगलबारसम्मका लागि स्थगीत गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update