हिमाल दैनिक
एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ: बादल
ram-bahadur-thapa-badal
नेकपा एमालेका नेता रामबहादुर थापाले दक्षिणपन्थीहरु सत्तामा हावी भएको र बामपन्थीहरु रक्षात्मक अवस्था ढकेलिएको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा थापाले पार्टीभित्र रहेका अराजकतावादीहरुको अन्र्तघात कारण दक्षिणपन्थीहरु सत्तामा हावी भएको र बामपन्थीहरु रक्षात्मक अवस्था ढकेलिएको बताएका हुन् । सर्वहारा वर्गलाई पुनः सत्तामा पुर्नस्थापना गर्न अराजकवादलाई परास्त गर्नु पर्ने भन्दै उनले अराजकतावादीको भ्रमलाई च्यात्न जरुरी रहेको तर्क गरे । उनले नेतृत्वको निर्देशन, बिधि र पद्धतीलाई नमान्ने प्रवृति अराजकबाद भएको र अराजकबादलाई अन्त्य नगरेसम्म समाजवाद निर्माण गर्न नसकिने धारणा राखे । त्यस्तै एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले मुलुकको हित र बिकासका लागि काम गरेकाले नै केपी ओलीमाथि प्रहार भएको र सरकारबाट हटाइएको तर्क गरे । त्यस्तै उनले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update