नेकपा एमालेको स्थायी कमिटी बैठक अपरान्ह पुन बस्ने गरि स्थगीत भएको छ ।
दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न मंगलबार बिहान बसेको बैठक पार्टी अध्यक्ष केपी ओलीको कार्यव्यस्तताका अपरान्हसम्मका लागि स्थगीत भएको एमाले नेता गोकर्ण बिष्टले जानकारी दिए ।
बैठकमा महाविधेशनको तयारीका बिषयमा तयारी समितिहरुले रिपोर्टिङ गरेको उनले बताए । उनले आगामी महाधिवेशन एकताको महाधिवेशन हुने दावी गरे ।
एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय