हिमाल दैनिक
कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल विजयी
kishor-datta-baral
नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल बिजयी भएका छन् । शनिबार भएको दोश्रो मतदानमा बरालले सुदीपमोहन भट्टराईलाई पराजित गर्दै सभापतिमा बिजयी भएका हुन् । यसअघि शुक्रबार सभापतिको पदका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था गरेको छ । त्यसमा कसैले पनि ५० प्रतिशत मत ल्याएका कारण शनिबार बराल र भट्टराई बीच मतदान भएको थियो । शुक्रबार भएको मतदानमा बराल र भट्टराई पहिलो र दोस्रो बनेका थिए । त्यस्तै आइबहादुर गुरुङ तेस्रो भएका थिए । गुरुङ भट्टराईभन्दा ७ मतका कम आएको थियो जसका कारण दोस्रो चरणको मतदानमा भाग लिनबाट गुरुङ बञ्चित भए । त्यस्तै चौथो भएका पोषनाथ शर्माले ३ सय ३५ र गिरीराज गौतमले ६३ मत ल्याएका थिए । ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच शनिबार निर्वाचन भएको हो । बराल र भट्टराईबीच १ सय ७५ मतको फरक थियो । हिजोको मतदानमा गुरुङ, शर्मा र गौतमको भट्टराईलाई साथ भएपनि बरालले ५० प्रतिशत मत कटाएका थिए । कुल १९२६ खसेको मतमा बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका थिए । कास्की कांग्रेसमा २०८८ मतदाता थिए। पुन मतदानमा शनिबार १९२६ मत खसेको थियो । तर शुक्रबार तीमध्ये २ हजार २५ जनाले मात्रै मतदान गरेका थिए । ४७ मत भने बदर भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update