कांग्रेसका नेता गगन थापाले चितवन अधिवेशनपछि आउने नेकपा एमाले आफ्नो भित्रको जनवादलाई सिध्याउने मात्र नभई देशको प्रजातन्त्रको बाटोलाई पनि सिध्याउने गरी आउने दाबी गरेका छन्
आइतबार नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन कार्यक्रममा नेता थापाले यस्तो दाबी गर्दै बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांगेसले गर्न सक्नुपर्ने बतेका हुन् । ।
उनले एमाले चितवनबाट फर्किएपछि निर्वाचनमा जाने भएकाले कांग्रेसले एमालेसँग निर्वाचन अघि प्रजातन्त्र, संविधान र व्यवस्था जोगाउनका लगि जुध्नुपर्ने भएकाले देशभरबाट एमालेसँग जुध्नसक्ने सिंगो पार्टीलाई उचाल्न सक्ने नेतृत्व छनौट गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘एमाले अध्यक्ष ओलीले कम्बोडियाको मोडेल नेपालमा लागू गर्ने बाटो अवलम्वन गर्न खोजेको बताउँदै अहिले भीम रावललाई जसरी लखेटिरहेका छन् त्यो ठ्याक्कै कम्बोडियाका हुन्सेन् कै मोडेल हो, यसबाट कांग्रेस चनाखो हुनुपर्छ ।’
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्