हिमाल दैनिक
राप्रपाको अधिवेशनमा प्रचण्ड र मैनालीबीच जुहारी: "राष्ट्रवादी नेता को?"
prachanda-vs-CP-mainali
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले राजतन्त्र फाल्न भूमिका निर्वाह गर्ने व्यक्तिले राजतन्त्रलाई राष्ट्रवादी भनेको भन्दै मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लागेको हो कि भनेर कटाक्ष पनि गरेका छन् । बुधबार काठमाडौमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले मैनाली माथि यस्तो कटाक्ष गरेका हुन्। “हुन त सीपीजीले सजिलै बोलिदिनु भयो । पहिला राजतन्त्र सिध्याउन ‘टाउको काट्ने’ हिजो सुरुवात उहाँले गर्नुभयो, अहिले राजा महान् भन्नुभयो। मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँच्चै  त्यसै हो भने सीपीजीलाई बधाई छ ।’ त्यसअघि सम्बोधनका क्रममा मैनालीले राजा महेन्द्र राष्ट्रवादी भएको र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएका थिए । ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किमजस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो’, उनले भनेका थिए, ‘संविधानसभा हाम्रो ७ दशक देखिको एजेण्डा भनेर नेताहरुले भन्दै आउनु भएको छ, ००९÷०१० सालमा संविधानसभा गर्न पाएको भए नेपाल सिक्किम भइसक्थ्यो । महेन्द्रले त्यो बुझेर तुहाइदिनुभयो ।’ मैनालीले भने“ राजा महेन्द्रले पटक–पटक विपक्षमा नउभिएको भए नेपाल भारतसँग गाभिने थियो । जसलाई रोक्ने काम महेन्द्रले गरे र उनी राष्ट्रवादी हुन्। ” प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको जिकिर गरे । प्रचण्डले अन्तविरोधभित्र पनि सहमति र सहकार्य गर्दै मुलुकलाई राजनीतिक स्थीरतातर्फ अघि बढाउनुपर्ने धारणा राखे ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update