गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आफ्ना शेयर धनिलाई लाभांश घोषणा गरेको छ । कम्पनिले कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर १५ गते बसेको सञ्चालक समिति बैठकले गएको आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पुजीबाट १० % बोनस र कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ । हाल चुक्ता पूँजी ८६ करोड ४० लाख रुपैयाँमा बोनस प्रस्ताव गरेको हो । लाभांश वितरणपछि फाइनान्सको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय