राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ । केही जिल्लामा देखिएको प्रतिनिधिमा विवाद समाधान भएपछि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढेको हो ।
शुक्रबार पार्टीमा उम्मेद्वारी दिईएको छ भने नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुनेछ । राप्रपामा अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुने राप्रपाले जनाएको छ ।
निर्वाचनका लागि १ सय वटा भोटिङ मेसिन महाधिवेशन स्थलमा ल्याइने र ९१ वटामा एकै पटक मतदान गर्न सकिने भएकाले छिटै नतिजा आउने राप्रपाको भनाई छ ।
राप्रपाको उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तोकिएको थियो । त्यस्तै अध्यक्षमा उम्मेदवारी दिन चाहनेले एक लाख रुपैयाँ दस्तुत तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय