नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् ।
लिङ्देनलाई बधाई दिंदै निधिले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको बताएका छन् । उनले भने,'राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ । '
त्यस्तै उनले उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु । '
शनिबार भएको राप्रपाको एकता महाधिवेशनमा लिङ्देनले कमल थापालाई हराउदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्