हिमाल दैनिक
पछिल्लो समय कोरोना भाइरसको नयाँ उत्परिवर्तन देखिएको देखापरेको छ। उक्त उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन (Omicron) नाम दिइएको छ । ओमिक्रोन पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा देखिएको थियो । बिश्वमा अहिलेसम्म ओमिक्रोन ३५ देशहरुमा फैलिसकेको छ रआजसम्म कुल ५७४ जना यो भेरिएन्ट देखापरेको छ । नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएको छ । यसको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सम्म नेपालमा २ जनामा यो संक्रमण पुष्टि भएको हो । संक्रमित हुने एक विदेशी र एक नेपाली रहेका छन् । मङ्सिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपाल आएका थिए । नेपाल आउदा नियमानुसार उनको पिसिआर तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । मङ्सिर ७ गते उनको सम्पर्कमा आएको एक ७१ बर्षिय व्यक्तिले कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । नयाँ रणनीति अनुरुप कोरोना परीक्षणमा पोजिटिभ आएपछि उनीहरुको एस जिन (S-Gene) परीक्षण गर्दा दुवैमा एस जिन फेला नपरेन । त्यसपछि उनीहरुको नमुना टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेक्सिंग( gene sequencing ) गर्दा नेपालमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको हो ल मन्त्रालयका अनुसार अहिले दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रखिएको छ र अहिले कुनै लक्षणहरु देखिएको छैन त्यस्तै उनीहरको कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको आएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update