हिमाल दैनिक
युवाबर्गमा देखिन थालेको ओमिक्रोन भेरिएन्टलाई किन भनियो 'सुपर माइल्ड'?
omicron (3)
कोरोना भाइरसको नयाँ उत्परिवर्तन रुप अर्थात् नयाँ भेरिएन्ट 'ओमिक्रोन' बिश्वमा फैलिदै गएको छ । नेपाल सहित बिश्वको ३८ देशमा ओमिक्रोन देखा परिसकेको छ । यसभन्दा अघि देखियो डेल्टा भेरिएन्टभन्दा कैयौ गुणा संक्रामक ओमिक्रोनलाई 'सुपर माइल्ड' बताइएको छ । यसमा स्पाइक प्रोटिनमा ३० भन्दा अधिक म्युटेशन हुने भएकोले खोपको असर कम हुने आशंका लगाइएको छ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन ५० भन्दा बढी म्युटेशन भईसकेको छ। यससंगै ओमिक्रोनभन्दा अघि आएको डेल्टा भेरिएन्टले बिश्वमा निकै ठुलो प्रभाब पारेको थियो । तर, ओमिक्रोनले डेल्टाको तुलना स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेशन गरिसकेको छ । यस्तो अधिक मात्रमा म्युटेशनकै कारण ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा छिटो फैलन सक्ने अनुमान लगाइएको छ । यसरी छिटो फैलिने भएपछि ओमिक्रोन खतरनाक छ वा छैन भन्ने प्रश्न पनि अहिले जनमानसमा उब्जिएको छ । बिश्व स्वाथ्य संगठन र महामारीका बीच काम गरि राखेका बिषेशज्ञहरुले ओमिक्रोनलाई माइल्ड सिम्पटम्स अर्थात् सुपर माइल्ड भेरिएन्ट रुपमा रहेको बताएका छन् । बिषेशज्ञहरुका अनुसार ओमिक्रोन भेरिएन्ट छिटो फ़ैलिएपनि यसको हल्का लक्षण देखिएको छ । अहिलेसम्म दक्षिण अफ्रिका, युरोप सहित अन्य देशहरुमा ओमिक्रोनको संक्रमण दर धेरै जसो युवाहरुमा देखिएको छ । यससंगै यो भेरिएन्ट खोपको मात्रा पुरा गरेकाहरुमा पनि देखिएको छ । यस अघिका भेरिएन्ट बृद्ध वा बच्चाहरुमा देखिएको थियो। युवावर्गमा कोरोनाको लक्षण कम देखिएको थियो । तर, यो नयाँ भेरिएन्ट ओमिक्रोनले इम्युनिटी बढी हुने भन्दै युवाहरुमा र खोप लगाईसकेकाहरुमा पनि देखिएको छ । ओमिक्रोनको पहिलो केस दक्षिण अफ्रिकामा देखिएको थियो । त्यसको १० दिनमा नै यो भेरिएन्ट भारत, अमेरिका सहित दुनियोको ३८ देशमा देखा परि सकेको छ । त्यस्तै, सोमबार मात्र स्वास्थ्य मन्त्रालयले नेपालमा पनि दुई जनामा यो भेरिएन्ट देखा परिसकेको पुष्टि गर्यो । ओमिक्रोन छिटो रुपममा बिश्वमा फैलिदै गएपनि यो भेरिएन्टको लक्षण हल्का रुपमा देखिएको, यसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन । कमलक्षण र अहिलेसम्म यसबाट कसैको पनि मृत्यु नभएका कारण बिषेशज्ञहरुले ओमिक्रोनलाई 'सुपर माइल्ड' भेरिएन्ट भनेका हुन् । दक्षिण अफ्रिकन मेडिकल एसोसिएशनका प्रमुख डाक्टर एंजेलिक कोएत्जीले यो भेरिएन्टले हल्का लक्षण देखाएको कारण यसबाट अहिले नै त्रसित हुनु पर्ने कुनै कारण रहेको बताए। कोएत्जीका अनुसार ओमिक्रोन भन्दा पहिला देखिएको कोभिडका बिरामीलाई गरिने उपचार भन्दा ओमिक्रोनको लक्षण निकै कम रहेको छ । ओमिक्रोन सबै भन्दा बढी अफ्रिका र युरोपेली देशहरुमा देखिएको छ । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पहिलो केस देखिएको थियो । त्यसको एक हप्तामा अफ्रिकामा ८५०० भन्दा बढीमा संक्रमण देखिएको थियो । तर यसबाट अहिले सम्म कुनै पनि गम्भीर लक्षण नदेखिएको बताइएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update