हिमाल दैनिक
शशांकले हात उठाउदा पनि इतर समुहले अझै बनाउन सकेन साझा उम्मेदवार
poudel-samuha-baithak
नेपाली कांग्रेसको सभापतिको उम्मेद्वारका बिषयमा संस्थापन इतर समुहले बुधबार धारणा सार्वजनिक गर्ने भएको छ । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको सो समूहको बैठकले बुधबार बेलुकासम्म साझा उम्मेदवारसहित धारणा सार्वजनिक गर्ने निर्णय गरको हो । बैठकमा भएको छलफलमा कांग्रेस महामन्त्री शशांक कोइराला सभापतिको दावेवारीबाट पछि हटेका छन् । बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाएका थिए । कांग्रेस बरिष्ठ नेता रामचन्द पौडेल सहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषयमा सहमति नजिक पुगेको बताए । उनले केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने जानकारी दिए । महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेको उनको भनाई छ । त्यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफु मागप्रसस्त गर्न तयार रहेको र अन्य नेताका बीचमा सहमति हुने बताए । आफूहरुबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ । सो पक्षको भेला बुधबार पुन बोलाइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update