हिमाल दैनिक
रामचन्द्र पौडेल र शशांक कोइरालाले सभापतिमा दाबी छोड्न तयार
poudel-pax-ummedwar
नेपाली कांग्रेसको संस्थापन इतर समुह सभापतिमा साझा उम्मेदवार तय गर्न सहमति नजिक पुगेको छ । सभापतिमा साझा उम्मेदवार तय गर्न बुधबार बिहान काठमाडौमा आयोजित पदाधिकारीसहित जिल्ला सभापति र पूर्व सभापतिहरुसहितको भेलामा सभापतिमा साझा उम्मेदवार तय गर्नका लागि सहमति नजिक पुगेको बैठकपछि कांग्रेसका नेता अजुर्ननरसिंह केसीले जानकारी दिए । साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला सभापतिमा दाबी छोड्न तयार रहेको भेलामा जानकारी गराएको नेता केसीले बताए । सो समूहको बैठक आजै दिउँसो ३ बजे नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बस्ने जनाइएको छ। यसअघि मंगलबार चाक्सीबारीमै संस्थापनइतरको बैठक बसेको थियो। बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन। नेताहरुका अनुसार आज साँझसम्ममा संस्थापनइतरले साझा उम्मेदवारबारे टुंगो लागाउने बताइएको छ। कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने तय छ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update