हिमाल दैनिक
संस्थापन समूहले पदाधिकारीका उम्मेदवार टुङ्गो लगाउन सकेन
sher-bahadur-deuba-pax
नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको बिकल्प नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो । बैठकले पदाधिकारीका बिषयमा टुङ्गो लगाउन सकेन । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति देउवाको बिभिन्न बिचारधारा भएका दलहरुलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताए । उनले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरुसंग परामर्श गरेर निष्कर्षमा पुराउने दावि गरे । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उनले बताए । त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँणले देउवालाई नै पार्टी सभापतिको रुपमा अघि बढाउन सहमति भएको जानकारी दिए । उनले महाधिवेशनपछि पदाधिकारी थप गर्ने बिषयमा छलफल भएको बताए । कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत लगायतले दावी गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update