हिमाल दैनिक
चाक्सीबारीमा इतर समूहको बैठक सुरु, आजै साझा उम्मेदवारको टुंगो लाग्ने
ram-chandra-poudel-pax-baithak-prakashman-singh
नेपाली कांग्रेसको संस्थापन इतर समुहको बैठक सुरु भएको छ । सभापतिमा साझा उम्मेदवार तय गर्न केहि समय अघि चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा इतर समूहको बैठक सुरु भएको हो । बैठकले सो समुहबाट आज नै सभापति पदका लागि साझा उम्मेदवार घोषणा गर्न बताएको छ । यस अघि आज बिहान मात्र सो समुहले पदाधिकारीसहित जिल्ला सभापति र पूर्व सभापतिहरुसहितको भेलामा गरेको थियो । उक्त भेलामा भेलामा सभापतिमा साझा उम्मेदवार तय गर्नका लागि सहमति नजिक पुगेको बैठकपछि कांग्रेसका नेता अजुर्ननरसिंह केसीले जानकारी दिएएका थिए । साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला सभापतिमा दाबी छोड्न तयार रहेको भेलामा जानकारी गराएको नेता केसीले बताए । यस संगै अब आकांक्षीमा नेता सिंह र नेता शेखर कोइराला रहेका छन् । यसअघि मंगलबार पनि चाक्सीबारीमै संस्थापनइतरको बैठक बसेको थियो। बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन। नेताहरुका अनुसार आज साँझसम्ममा संस्थापनइतरले साझा उम्मेदवारबारे टुंगो लागाउने बताइएको छ ।

संस्थापन समूहले पदाधिकारीका उम्मेदवार टुङ्गो लगाउन सकेन

नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको बिकल्प नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो । बैठकले पदाधिकारीका बिषयमा टुङ्गो लगाउन सकेन ।

थप पढ्नुहोस्

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update