हिमाल दैनिक
१५ दिनमा ५७ राष्ट्रमा फैलियो ओमिक्रोन
omicron (2)
ओमिक्रोन बिश्वमा तिब्र रुपमा फैलिदै गएको छ । बिश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन अहिले सम्म ५७ देशमा फैलिएको छ । डब्लुएचओ को साप्ताहिक रिपोर्ट अनुसार पछिल्लो समय कोरोनाको दर दक्षिण अफ्रिकामा बढ्दै गइरहेको छ । तर,डब्लुएचओले ओमिक्रोनबाट संक्रमण दर बढेको हो वा होइन भन्ने कुराको पुष्टि गरेको छैन । कोरोनाको नयाँ भेरिएन्ट पहिलो पटक दक्षिण अफ्रीकामा २४ नोभेम्बरमा देखिएको थियो । १५ दिनमा अहिले सम्म ५७ देशमा यसको संक्रमण देखि सकेको छ । नेपालमा पनि यो भेरिएन्ट देखा परिसकेको छ । सोमबार मात्र स्वास्थ्य मन्त्रालयले नेपालमा पनि दुई जनामा यो भेरिएन्ट देखा परिसकेको पुष्टि गर्यो । ओमिक्रोन छिटो रुपममा बिश्वमा फैलिदै गएपनि यो भेरिएन्टको लक्षण हल्का रुपमा देखिएको, यसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

युवाबर्गमा देखिन थालेको ओमिक्रोन भेरिएन्टलाई किन भनियो 'सुपर माइल्ड'?

यसभन्दा अघि देखियो डेल्टा भेरिएन्टभन्दा कैयौ गुणा संक्रामक ओमिक्रोनलाई 'सुपर माइल्ड' बताइएको छ । यसमा स्पाइक प्रोटिनमा ३० भन्दा अधिक म्युटेशन हुने भएकोले खोपको असर कम हुने आशंका लगाइएको छ ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन ५० भन्दा बढी म्युटेशन भईसकेको छ। यससंगै ओमिक्रोनभन्दा अघि आएको डेल्टा भेरिएन्टले बिश्वमा निकै ठुलो प्रभाब पारेको थियो । तर, ओमिक्रोनले डेल्टाको तुलना स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेशन गरिसकेको छ । यस्तो अधिक मात्रमा म्युटेशनकै कारण ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा छिटो फैलन सक्ने अनुमान लगाइएको छ ।

थप पढ्नुहोस्


नेपालमा कसरी आयो त ओमिक्रोन ?

मङ्सिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपाल आएका थिए । नेपाल आउदा नियमानुसार उनको पिसिआर तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । मङ्सिर ७ गते उनको सम्पर्कमा आएको एक ७१ बर्षिय व्यक्तिले कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो ।

थप पढ्नुहोस्

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update