हिमाल दैनिक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले तीन प्रतिवेदन र एक अनुमोदनसम्न्धी प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने महामन्त्रीद्वय पूर्ण बहादुर खड्का र शंशाक कोईरालाको लिखित प्रतिवेदन पारित गरिएको हो । त्यस्तै लेखा सम्बन्धी प्रतिवेदन र पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको शर्माले बताए । त्यस्तै अनुमोदनसम्बन्धित प्रस्ताव पनि पास भएको छ । तीन प्रतिवेदन र एक अनुमोदनसम्न्धी प्रस्तावलाई अव महाधिवेशनमा लैजाने उनले बताए । उनले अहिलेको महाधिवेशनपछि नीति महाधिवेशन छुट्टै गरिने जानकारी दिए । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएनन् । पौडेलले आफु बैठकमा सहभागी नहुने जानकारी गराएको प्रवक्ता शर्माले बताए । त्यस्तै पदाधिकारी थप गर्ने प्रस्ताव बैठकमा नआएको उनको भनाई छ । कांग्रेसको केन्द्रीय महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुदैछ । महाधिवेशनमा नेपालका राजनीतिक दलका नेताहरुका साथै भारतबाट पनि बिभिन्न दलका नेताहरु सहभागी हुने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update