हिमाल दैनिक
माओवादीले प्रदेश कमिटी पदाधिकारीको संख्या बढायो
maovadi-kendra
नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश कमिटीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रदेशमा पदाधिकारीको संख्या ७ जनाबाट बढाएर ९ जना पदाधिकारी बनाउने निर्णय प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । अब माओवादी केन्द्रको प्रदेश कमिटीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने उनले जानकारी दिए। बैठकले केन्द्रीय सदस्यलाई प्रदेश तहमा जान जोड नदिने तर स्वच्छाले जान चाहनेलाई नरोक्ने निर्णय पनि गरेको छ, त्यस्तै माओवादीले प्रदेश समितीमा सदस्यहरूको संख्या पनि बढाएको छ । जसअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश कमिटी बन्ने प्रवक्ता महराले बताए । त्यस्तै माओवादी प्रवेश गर्नेको लहर चलेको भन्दै माओवादी प्रवेश गर्नेको बिशेष अध्ययन गर्न देव गुरुङ, गिरीराजमणी पोखरेल र श्रीराम ढकालेको कार्यदल बनाएको उनले जानकारी दिए । माओवादी केन्द्रको प्रदेश सम्मेलन २५ गते हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update