नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका छन।
शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औं महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दै अब १०–१५ वर्ष मात्रै अब सक्रिय राजनीतिमा लाग्ने बताएका छन ।
बिहीबार काठमाडौंमा अवधारणा पत्र सार्वजनिक गर्दै महामन्त्रीमा जित्ने नजित्ने थाहा नभएपनि अव १०–१५ वर्ष मात्रै अब सक्रिय राजनीति गर्ने बताएका हुन् ।
https://youtu.be/LBXRRLYXzUg
त्यसपछि पार्टीबाट बिदा लिदै गर्दा आफुलाई आम जनताको माया भएमात्र पुग्ने उनले बताए । थापाले कुर्सीमा बस्नका लागि नभएर काम गर्नका लागि आफू नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिएको तर्क गरे ।
आफ्नो कार्यक्रम कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली नभई समुन्नत नेपाल सम्मानित नेपाली हुनुपर्ने उनले बताए । नेता थापाले आफूले सार्वजनिक गरेको लक्ष्य प्राप्तको बाटोमा अघि बढे कांग्रेस आफै बलियो हुँदै जाने दावी पनि गरे ।
त्यस्तै उनले आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्ने भन्दै यो जितको बिषयमात्र भएर समन्नुत नेपालको लक्ष्यलाई पूरा गर्ने बिषय भएको उल्लेख गरे ।
त्यस्तै उनले आफुले अघिसारेको अवधारणामा समाजमा दीर्घकालीन शान्ति, स्थायित्वको अवस्था रहने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय