नेपालको संविधान सभाबाट जारी भएको नयाँ संविधानको भारतीय सरकार र सत्तारुढ दलको तर्फबाट औपचारिक स्वागत नभएको बेला विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेताले पहिलो पटक औपचारिक रुपमा स्वागत गरेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको कामना व्यक्त गर्न पाहुनाको रुपमा आइपुगेका भारतीय कांग्रेसका प्रवक्ता मुकुल वासनीकले ०७२ सालमा जारी भएको नयाँ संविधानले नेपालमा बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था र नेपालीहरुको अधिकारलाई सुनिश्चित गरेको बताए।
साथै उनले लोकतान्त्रिक संविधान र शासन व्यवस्थाको माध्यमबाट नेपाल र नेपालीले देशमा शान्ति, स्थायित्व र विकास हाँसिल गर्ने विश्वास गरे।
भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको शुभकामना सन्देश लिएर आएका वास्नीकले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा कही कतै भए आपसी समझदारीबाट समाधान गर्दै मित्रतालाई थप सुदृढ बनाउँनु पर्ने बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय