देशको राजनीतिक किन लिकबाहिर गयो भन्नेबारे गम्भीर हुन राप्रपा अध्यक्षको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशको सरकार सरकार जस्तो, संसद संसद जस्तो र अदालत अदालत जस्तो नभएको कारण नेताहरुले जनताको विश्वास गुमाएको अवस्था रहेको बताए।
नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना सन्देश दिन पुगेका अध्यक्ष लिङदेनले देशकै जेठो दलको महाधिवेशनको पूर्ण सफलताको कामना व्यक्त गर्ने क्रममा यस्तो धारणा राख्दै दलका नेताहरुको ध्यानाकर्षण गरे।
उनले नेपालका गाउँ गाउँमा जनतामा नेताहरुप्रति विश्वास र भरोसा गुमेको अवस्था रहेको बताउँदै गाउँमा नेता पुग्दा जनताले नेता आएको नभई ‘कुन चाहीँ चोर’ आएछ भन्ने स्थिति भएको बताए।
नेपालमा यो वर्षको यो महिना राजनीतिक दलहरुको अधिवेशन महिना भएको बताउँदै हालै आफ्नो दलले पनि अधिवेशन सम्पन्न गरेको बताउँदै देशको राजनीति आम जनताको दृष्टिकोण लिकबाट गएको बताए।
उनले ०४७ सालपछि बनेका कुनै पनि पार्टी नफुटेको अवस्था नरहेको बताउँदै यसबारे दलका नेता र दलहरुले सोच्न पर्ने बताए।
साथै उनले राजासहितको लोकतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री हुन नपाउने व्यवस्थाको वकालत गरे।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय