हिमाल दैनिक
कांग्रेसको अधिवेशनमा पुगेका ठाकुरले भनेः हाम्रो माग सम्बोधन नभए सडकमा फेरि राँको बल्छ
mahanth-thakur
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा संसद र सरकारदेखि सर्वोच्च अदालतमा स्थिरता नभएको र यसले जनताले पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित भएको बताए। उनले सबै क्षेत्र विवादित हुँदा देशमा व्यथिती व्याप्त रहेको बताए। कांग्रेसको महाधिवेशनमा शुभकामना सन्देश दिन पुगेका ठाकुरले आफूहरुले उठाएका माग समयमा सम्बोधन नभए फेरि सडकमा राँको लिएर उत्रिन बाध्य हुने धम्कि दिए। दोस्रो जनआन्दोलन अघिसम्म कांग्रेसकै केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष समेत रहेर पछि मधेस केन्द्रीत दलको नेता बन्न पुगेका महन्थले कांग्रेसको सभापति हो कि अध्यक्ष भन्ने समेत हेक्का राखेनन्। सम्बोधनका क्रममा उनले नेपालका राजनीतिक दलका नेता तथा पूर्व प्रधानमन्त्री भन्दा पहिले भारतबाट आएका पाहुनाको नाम लिएका थिए। उनले नेपालमा प्रजातन्त्र ल्याउनका लागि ऐतिहासिक संघर्षशील बीपी कोइराला, गणेशमान सिंह, रामनाराण मिश्र, महेन्द्रनारायण निधि जस्ता नेताहरुकै प्रेरणाले कांग्रेस लगायतका अन्य नेताहरु अहिले क्रियाशील रहेको बताए। उनले शुभकामना व्यक्त दिने क्रममा देवताले समुद्र मन्थन गरेर अमृत पाएजस्तै महाधिवेशनको मन्थन गरी आएको र अब देशमा पार्टीमा स्थिरता नहुँदा सरकार र व्यवस्था स्थिर हुन नसकेको बताए। साथै उनले मधेसीको तर्फबाट नयाँ संविधानमा असन्तुष्टि रहेको बताउँदै मधेस, थरुहटमा आन्दोलन र दमन भएको बताए। टिकापुर घटनाका दोषी रेशम चौधरीको विषय उठाउँदै जनताको भारी मतले विजयी चौधरीदेखि अनगिन्ती नेता, समर्थक जेलमा रहनुका साथै थुप्रै मानिसहरु तारिखमा रहेको भन्दै १३९ जनालाई केपी ओलीले मुक्त गरेकोले धन्यवाद दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update