हिमाल दैनिक
पूर्व राजाले राजनीति गर्ने भए राजनीतिक दल खोलेर आए हुन्छः नेपाल
madhav-kumar-nepal (2)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १६ वर्षपछि दोस्रो पटक कांग्रेसको महाधिवेशनमा सहभागी भएका छन्। शुक्रबारदेखि सुरु भएको कांग्रेसको महाधिवेशनको शुभकामना दिन पुगेका नेता नेपालले १६ वर्षअघि तत्कालिन कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको अधिवेशनमा राजतन्त्र र गणतन्त्रको विषयमा बहस भएको बताउँदै अहिले पनि लोकतन्त्रको सामु शुभसंकेत नदेखेको बताए। पूर्वराजाप्रति लक्षित गर्दै उनले यदी देशमा राजनीतिमा आउने चाहना भए पुनः राजनीतिक दल खोलेर आउन चुनौती दिए। राप्रपा र राजदरबारले पुनः राजतन्त्र फर्काउने गतिविधि गरेको तर्फ संकेत गर्दै उनले राजतन्त्र फर्किने अवस्था नभएको दाबी गर्दै निरंकुताले टाउको उठाउने कोशिश नगर्न चेतावनी बताए। उनले लोकतन्त्रमा यसका मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अरुको सम्मान गर्न नसक्नेले लोकतन्त्र स्वीकार गर्न भन्दै एमाले अध्यक्ष ओलीप्रति व्यंग्य गरे। अहिले पनि लोकतन्त्र आएपनि अब व्यवस्था परिवर्तनपछि आर्थिक, सामाजिक र सांस्कृति रुपान्तरणमार्फत जनताको अधिकार सुनिश्चिता गर्न पनि राजनीतिक दल र नेता, कार्यकर्ताले असल संस्कार र बानी व्यवहार सिक्नु पर्नेमा जोड दिए। देशमा व्याप्त समग्र समस्याबारे छलफल गरी देशको लोकतन्त्रलाई अघि बढाउन कांग्रेसको महाधिवेशनले सही दिशा लिने विश्वास व्यक्त गरे। ओलीले भन्दै आएको सुखी नेपाली समृद्ध नेपालको नारा दोहोर्याउँदै नेपालले कसरी यो नारा सफल पार्न सकिन्छ भन्नेबारे सबै दल र नेता गम्भीर हुनु पर्नेमा जोड दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update