हिमाल दैनिक
महामन्त्रीको प्रतिवेदन समेत आफूले नलेखेका शशांकले भनेः अधिवेशनमा विचारमाथि बहस भएन
shashank-koirala
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आवधिक अधिवेशनले पार्टीमा नयाँ रक्तसञ्चार गर्ने अपेक्षाका साथ गरिने भएपनि अहिले विचार र सिद्धान्तको भन्दा केबल नेतृत्व चयनका लागि मात्रै हुन लागेको बताए। महामन्त्री कोइरालाले आफ्नो पदीय जिम्मेवारी विर्सिएर पार्टी कार्यालयमा औपचारिक बैठकमा बाहेक विरलै उपस्थित हुने र पार्टीभित्र महामन्त्रीको प्रतिवेदन समेत आफूले नलेखेको कुरा बिर्सिएर अहिले अधिवेशनमा विचारमाथि बहस नभएको बताए। संविधान सभामा संविधान निर्माणको प्रक्रियामा मुस्किलले आधा दर्जन पटक सदनमा बोलेका महामन्त्री कोइरालाले संविधानमा धर्म निरपेक्षता उल्लेख भएको विषयमा संविधानमा धर्म निरपेक्षता वा सापेक्षता भन्दा पनि धर्म स्वतन्त्रता हुनु पर्ने बताए। साथै उनले सरकारका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सरकारले कृषि र उर्जा क्षेत्रको विकासका लागि सरकारको योजना अघि बढाउन सुझाव दिए।  
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update