हिमाल दैनिक
अधिवेशन लगत्तै हुने चुनावमा एकता कायम राख्नु अहिलेको चुनौती होः सिटौला
krishna-prasad-sitaula
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र महाधिवेशनको प्रक्रियामा प्रतिस्पर्धाको क्रममा जेजस्तो भएपनि महाधिवेशनपछि एकता कायम गर्न कठिन चुनौती रहेको बताए। कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले महाधिवेशनको माध्यमबाट नयाँ उर्जासहित वैशाख, जेठमा हुने स्थानीय तथा राष्ट्रिय निर्वाचनमा पार्टीले जित्नेगरी अघि बढ्न परेको बताए। गत निर्वाचनमा कम्युनिष्टहरुको एकताले कांग्रेस २३ सिटमा सिमित भएपनि उनीहरुले सत्ता सञ्चालनमा असफल हुँदा लोकतन्त्र र शासन व्यवस्था सञ्चालनको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए। उनले यो सरकारबाट धेरै ठूलो अपेक्षा नराखेको बताउँदै अब आउने निर्वाचन स्वच्छ, स्वस्थ र निस्पक्ष रुपमा गर्दै समग्र देशको शासन व्यवस्थालाई विकृतीबाट मुक्त गर्न सुधारको प्रक्रिया आफैँबाट गर्न जोड दिए। उनले अझैपनि पार्टीभित्र नयाँ उर्जा र जागरका साथ युवाहरु आएको भएपनि लामो अनुभव र ज्ञान भएको पुरानो पुस्ताबाट पाठ सिक्न र अघि बढ्न सुझाव दिए। पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने उत्साह र चाहना बोकेका युवाहरुमा आफ्नो लक्ष्य र गन्तव्यको स्पष्ट योजना तय गरेर अघि बढ्न पनि सुझाव दिए। अधिवेशनको माध्यमबाट हुने नेतृत्व चयनको विषयमा आफूले आफूसँग जो युवाले साथ दिन्छन् उनीहरुलाई आफ्नो साथ रहने बताउँदै प्रदिप पौडेलको नेतृत्वमा आफ्नो समूह अघि बढ्ने बताए। उनले पौडेलका लागि सभापति शेरबहादुर देउवासँग महामन्त्री पदको बार्गेनिङ गरिरहेको समाचारहरुमा आइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update