नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू ०४८ सालको झापा अधिवेशनदेखि पोखरामा सम्पन्न १०औँ महाधिवेशनसम्म सहभागी रहेको बताउँदै झापा अधिवेशनमा अहिलेजस्तो प्रतिस्पर्धा नभएको बताए।
तत्कालिन नेतात्रयहरु गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादमध्ये एकले भट्टराईको नाम लिएपछि सर्वसम्मत भएको स्मरण गर्दै त्यसपछिको समयमा पनि नेतात्रयको रुपमा आरएसएस रामचन्द्र, शैलजा र शेरबहादुर भन्ने गरिएपनि अहिले दुई जनामात्रै रहेको उनले बताए।
कांग्रेसको इतिहासको लामो व्याख्या गर्दै १०औं महाधिवेशनसम्म एकताबद्ध भएको कांग्रेस त्यसपछि विभाजित भएको बताउँदै त्यतिबेलाको पार्टीभित्रको विकृतिविरुद्ध एकताबद्ध भएर नयाँ पार्टी बनाएको बताए।
त्यसपछि १२औं महाधिवेशनमा पार्टी एकतापछि सुशील कोइराला र शेरबहादुर प्रतिस्पर्धा गरेको र पछि १३औँमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धाबाट देउवा सभापति भएको बताए।
दिनभर लामो कार्यक्रममा उपस्थित कार्यकर्ताले आफूसँगै जय नेपाल नभनेपछि आफू अझै पनि थाकेर नआएको बताए।
लामो भूमिका बाँधेर बोल्ने क्रममा उनले देउवा र पौडेल एक भएको सन्देश नदिए देशमा बढिरहेको कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न नसकिने विचार तीन वर्षअघि महासमिति बैठकमा भनेको स्मरण गर्दै तर, अहिले नेताहरुबीच प्रतिशोधात्मक प्रतिस्पर्धा देखिएकोमा चिन्ता व्यक्त गरे।
उनले पार्टीभित्र देखिएको कमीकमजोरीबाट अन्य पार्टीमा गएका अथवा निस्कृय रहेका नेता, कार्यकर्तालाई पुनः पार्टीमा फर्काउन पनि पार्टीभित्र नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि र स्वस्थ प्रतिस्पर्धाबाट पार्टीलाई एकताबद्ध भएर मेलमिलापको सन्देश दिन आग्रह गरे।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय