नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र शासन व्यवस्थाको सफलताका लागि सकेसम्म आपसी सहमतिको माध्यमबाट सर्वसम्मत र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै अधिवेशन सफल बनाउन आग्रह गरे।
पार्टी अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले यस्तो धारणा राखेका हुन्।
उनले भोलीबाट सुरु हुने निर्वाचनको प्रक्रियामा सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट नयाँ नेतृत्व चयन गरी अधिवेशन सफल पार्न आग्रह गरे।
विगत दुई दशकमा कांग्रेसले हिंसात्मक द्वन्द्धबाट मुलुकलाई शान्ति प्रक्रियाबाट शान्ति कायम भएको, संघीय लोकतान्त्रिक शासन व्यवस्था र
नयाँ संविधान जस्ता तीन मुख्य उपलब्धी हाँसिल गरेको उनले बताए।
संविधानले लोकतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षतासहित ९ वटा परिवर्तनका सुत्र आएको बताउँदै अधिवेशनको माध्यमबाट बन्ने नेतृत्वले आगामी दिनमा हुने निर्वाचनमा पार्टीले तीन तहमा सफलता हाँसिल गरेर विगतमा प्राप्त उपलब्धी र संविधानको सफल कार्यान्वयन गर्न जरुरी भएको उनले बताए।
विगत साढे तीनवर्षको अवधिमा कांग्रेस सरकारमा नहुँदा देशका तीनवटै अंगहरु क्षतविक्षद भएको बताउँदै अब फेरि पनि संविधान र शासन व्यवस्थालाई सफल कार्यान्वयनमार्फत पुनः लिकमा ल्याउन पर्ने दायित्व कांग्रेसमा आएको बए।
निधिले हिमाल, पहाड, तराई मधेस सबैलाई जोड्ने कांग्रेस मात्रै एक पार्टी भएको बताउँदै लोकतन्त्र र संविधानवादमा विश्वास नगर्ने निरंकुश शक्तिबाट सम्भव नहुने बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय