हिमाल दैनिक
नेताले कार्यकर्ताको र कार्यकर्ताको मूल्यांकन गर्ने विधि र साहास गरौँः पौडेल
ramchandra-poudel
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्यांकन पद्धतीको विकासका लागि यो महाधिवेशन सार्थक बनाउन जोड दिए। समयमा अधिवेशन कार्यतालिका बनाएर जुन बहस र छलफल हुनुपर्ने थियो त्यो नहुँदा विधि पुर्याउनका लागि मात्रै अधिवेशन गरिरहेको बताए। देशमा अहिले अनेक चुनौती रहेको बताउँदै चितवनबाट अधिवेशन गरी आएको एमालेसँग प्रतिस्पर्धा गर्न सक्षम पार्टी बनाउने तयारीका साथ जान पर्नेमा त्यो हुन नसकेको बताए। उनले देश गतिहिन अवस्थामा रहेको बताउँदै अहिलेसम्म संसद चल्न नसकिरहेको, सर्वोच्च अदालत अस्तव्यस्त, सरकार गतिहिन अवस्थामा रहेको भन्दै यसले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको परिवर्तनले सही दिशा लिन नसकेको आरोप लगाए। उनले यो अधिवेशनबाट आत्म समिक्षा र मूल्यांकन गरी के कारण यो पार्टी कम्युनिष्ट भन्दा कांग्रेस पछि पर्यो भन्ने कुराको समिक्षा नगरी अघि बढे पछि धोका हुन सक्नेतर्फ कार्यकर्तालाई सचेत गराए। पार्टीको सिद्धान्त र विचार राम्रो हुँदा पनि किन जनताको साथ र समर्थन पाउन सकेन भनि अहिले समिक्षा गर्ने सहास गर्न र पार्टीभित्र मूल्यांकन गर्ने पद्धती हुनु पर्ने बताए। उनले भने, नेतृत्वले कार्यकर्ताको मूल्यांकन गर्न र कार्यकर्ताले पनि नेतृत्वको मूल्यांकन गर्न सक्ने सहास देखाउनु पर्छ। अहिले देशमा देखिएको भ्रष्टाचार, व्यथिती, सेटिङको कुरा आएको बताउँदै निमुखालाई न्याय पाउने अवस्था नभएको बताउँदै दलभित्रमा पनि अतिदलबन्दीको अवस्था रहेको भन्दै सामान्य मानिसले पनि न्याय पाउने नेपाल बनाउनु परेको बताए। उनले पार्टीमा आन्तरिक लोकतन्त्र संस्थागत गर्दै नैतिक शक्तिको विकासका लागि सबै काम समयबद्ध काम गर्ने प्रक्रियाको थालनी गर्दै जनताको भरोसाको केन्द्र बनाउन र पार्टीलाई विकृतिको अखडा बनाउने कार्यबाट जोगाउन सकेमात्रै लोकतन्त्र सार्थक हुने बताए। कांग्रेसले ७० वर्ष लडेर ल्याएको संविधानपछि कम्युनिष्ट सरकार बन्दा संविधान र संसद लत्याएर विधिको शासनमाथि ठाडो हमला भएको बताउँदै आफूले संसद पुनस्थापनाको लागि ओलीको अधिनायकविरुद्ध दमौलीबाट आन्दोलनको सुरुवात गरेपछि पार्टी सभापति सरकारको नेतृत्वमा पुगेको बताए। यसरी बनेको सरकारबाट कति जनतालाई सन्तुष्टि दिन सकेका छौँ भनि सोच्न जरुरी भएको बताउँदै देशमा आर्थिक विकास, कृषि क्रान्ति, उर्जा शक्तिको विकास, रोजगारीको अवसरको बृद्धिका लागि प्राप्त स्रोत र साधनको समुचित उपयोग गरी रोजगारीका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताए। यसका लागि राजनीतिबाट भ्रष्टाचार, कमिशनतन्त्र, चुनाव पैसा बाँढेर जित्ने चलनको अन्त्य जरुरी भएको बताउँदै अब कांग्रेस भ्रष्टाचारमुक्त नेपाल बनाउन र सुशासनको स्थापनाका लागि प्रतिबद्ध हुने कि नहुने भन्ने बेला भएको बताए। पार्टीलाई सफल बनाउनका लागि कसरी प्रतिपक्षसँग सामना गर्न सक्ने र राष्ट्रको भलो गर्ने जनताको भरोसाको केन्द्र कांग्रेसलाई बनाउने भनि पूर्वाग्रह नराखी निर्णय गर्ने बेला आएको उनले बताए। पार्टीभित्र आफूले अन्याय सहेर पनि एकता कायम गर्न लड्दै आएको बताउँदै पार्टीलाई कसरी सक्षम बनाउने भनि लड्दै आएको र आफू कसरी कम्युनिष्टलाई ठेउल्याउने भन्ने क्षमता भएको बताए। उनले कांग्रेसले अरु कसैको एजेण्डा बोक्न आवश्यक नभएको बताउँदै जनताको पक्षमा विगत देखि उठाउँदै आएका एजेण्डा लिएर जनताको मत लिन सकिने बताए। उनले साठी, बैसष्ठि प्रतिशत मत कम्युनिष्टले लिएको मत कसरी घटाएर कांग्रेसको मत कसरी तीसबाट चालिस, पचास प्रतिशतमा पुर्याउने भनि काम गर्न जोड दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update