नेपाली कांग्रेसको नयाँ सभापतिमा केन्द्रीय सदस्य कल्याण गुरुङले मनोनयन दर्ता गर्दै उम्मेदवारहरुमध्ये पहिलो भएका छन्।
कांग्रेसको निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार, सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै प्रचार प्रसार तिब्र बनाएका गुरुङले शनिबार राष्ट्रिय सभा गृहमा पुगी सभापतिको चुनावमा मनोनयन दर्ता गरेका हुन्।
अघिल्लो महाधिवेशनमा संस्थापन इतर समूहको प्यानलबाट जनजाति कोटामा केन्द्रीय सदस्य बनेका गुरुङले आफू सभापति बनेमा पार्टीलाई नयाँ जोस, उर्जा र गतिमा अघि बढाउने बताउँदै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका थिए।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय