हिमाल दैनिक
पार्टीलाई पुरानै अवस्थामा फर्काउन एक पटक सभापति बनाइदिनुहोस्ः देउवा
sher-bahadur-deuba (8)
प्रधानमन्त्री तथा नेपाली कांग्रेस वर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि सोमबार हुने नयाँ कार्यसमितिको निर्वाचनमा आफ्नो नेतृत्वमा रहेको टीमलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन्। शुक्रबारदेखि सुरु भएको पार्टीको १४औं महाधिवेशनबाट चयन हुने गइरहेको नयाँ कार्यसमितिको सभापति पदका प्रत्यासी देउवाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अब निर्वाचनपछि फेरि केन्द्र, प्रदेश, स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउनका लािग आफ्नो टीमलाई जिताउन आग्रह गरेका हुन्। उनले आफू सभापतिमा निर्वाचित भएमा आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस नेतृत्वमा सरकार बनाउने दावी गरे। मुलुकलाई कस्युनिस्ट शासन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको कुशासनको दलदलबाट मुक्त गरेको बताउँदै संविधान र लोकतन्त्रको स्थायित्वका लागि नयाँ कार्यकालमा आफूले भूमिका निर्वाह गर्ने बताए। देउवाले प्रधानमन्त्री र पार्टी सभापति फरक फरक हुन नहुने तर्क गरे। अहिले देउवाको हार जितको विषय नभएको र प्रजातन्त्र र पार्टीलाई जिताउनु पर्ने अवस्था आएको बताए। पत्रकार सम्मेलनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापति जितेका प्रधानमन्त्रीको नेतृत्वमा उच्च मनोबलका साथ निर्वाचनमा जानुपर्ने भन्दै आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन पनि देउवा जस्तो अनुभवि र खारिएको नेतासँगै युवा जोस र उत्साहका साथ अघि बढेका प्रकाशशरण महत, प्रदिप पौडेलसहितको प्यानललाई जिताउनु पर्ने बताए। उनले अहिले देउवाको जीतको बिषय नभएर समग्र पार्टीका लागि देउवालाई नै पार्टी सभापतिमा निरन्तरता दिनुपर्नेमा जोड दिए। पत्रकार सम्मेलनमा देउवा प्यानलका नेताहरुले पार्टीलाई बलियो बनाउन आफुहरुलाई जिताउन आह्वान गरेका थिए।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update