हिमाल दैनिक
बेग्लै प्यानल बनाएका कोइरालाले भनेः आगामी दिनमा भागबण्डा र गुटबन्दी रहँदैन
shashank-koirala (2)
नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि आफूले पार्टीभित्र भागबन्डा, गुटबन्दीरहित कांग्रेस बनाएर सबैलाई समेट्दै तीनवटै तहको निर्वाचन जित्ने गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबारदेखि सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको अन्तिम दिन सोमबार नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनको अघिल्लो दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोईरालाले अनुभव र उर्जाले भरिएको आफ्नो टिमलाई जिताउन आग्रह गर्दै महाधिवेशनपछि सबैलाई समेटेर तीनवटै तहका निर्वाचन जित्ने गरी अघि बढ्ने बताए। कांग्रेस संस्थापन इतर समूहभित्र आपसी सहमतिमा साझा उम्मेदवार तय गर्न नसकेपछि इतर समूहको एउटा समूहबाट प्यानलसहित चुनावी मैदानमा उत्रिएका नेता कोइरालाले आफुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोईरालाको साथ रहेको दावी दावी गरे। चुनावी प्रचार प्रसारका क्रममा मतदातालाई आकर्षित गर्न कोइराला परिवारका सदस्य तथा महामन्त्री शशांक कोइरालाको उपस्थितीमा शेखरको नेतृत्वको समूहले पत्रकार सम्मेलन गर्ने भनि प्रचार गरिएको भएपनि साझ अनुपम फुडल्याण्डमा शशांक कोइराला मात्र नभई अन्य कतिपय गुटका नेताहरु पनि उपस्थित नभएको विषयलाई अर्थपूर्ण रुपले हेरिएको छ। पत्रकार सम्मेलनमा कोइरालाले अहिले पार्टीभित्र नेतृत्वका लागि समूह देखापरेपनि महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुने दाबी गरे। उनले आफुले नयाँ कार्यक्रम, नयाँ विचार, नयाँ सोचका पार्टीलाई एकतावद्ध भएर अघि बढाउने बताए। पत्रकार सम्मेलनमा कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ कोइरालाको प्यानल रोजेको बताए। उनले एमाले जस्तो गोजीबाट नाम निकालेर पदाधिकारी चयन गर्ने पार्टी कांग्रेस नभएको भन्दै लोकतान्त्रीक पार्टीभित्र निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताए। उनले सभापतिमा निर्वाचित भएको दिनबाट गुटको नभई सिंगो कांग्रेसको सभापति बन्न कोइरालालाई सुझाव दिए।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update