हिमाल दैनिक
रामचन्द्र, शंशाकको समर्थन आफुलाई भएको देउवाको दाबी
deuba-poudel-shashank
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन आफुलाई भएको दाबी गरेका छन्। पौडेलले आफु तठस्थ बस्ने र आजको मतदानमा सहभागी नहुने बताइए पनि उनको समर्थन देउवाले रहेको देउवाको निजी सचिवालयले दाबी गरेको छ । त्यस्तै, हिजो शशांक कोइरालाले सभापति देउवालाई भेटेर आफ्नो समर्थन देउवालाई नै रहेको भन्दै प्रचार गरेपछि कोइराला समुह यसको खण्डनमा लागि रहेको छ । तर, देउवाले आफ्नो उम्मेदवारहरुको सुची तयार गर्दा उनको प्यानलमा शशांकको २ नं राखेका छन् भने कोइरालाको समूहको प्यानलमा शशांकको नाम २० स्थानभन्दा तल राखेको छ । इतर संस्थापक पक्षको साझा उम्मद्वार तय गर्न पटक पटक प्रयास गरेपनि महामन्त्री शशांक कोइरालाको साथ र समर्थन पाउँदा पनि अर्का नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाले अडान नछोडे पछि शनिबार पौडेलले चुनावी प्रतिस्पर्धामा भाग नलिने घोषणा गरेका थिए । ज पछि शनिबार साँझ नै पौडेलका चिर प्रतिद्वंदीका रुपमा चिनिएका सभापति देउवा उनलाई भेट्न उनकै निवास बोहोराटार पुगेका थिए । पार्टी सभापतिको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेपनि कांग्रेस र देशको राष्ट्रिय राजनीतिमा पौडेलको भूमिका अहम रहेको भन्दै देउवाले राजनीतिबाट अलगिने कुरा नसोच्न आग्रह गरेको थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update