नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान अहिलेसम्म पनि सुरु भएको छैन। बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ बजेसम्म पनि सुरु हुन सकेको छैन। ।
मतदान गर्नका लागि मतदान स्थल बाहिर भने मतदाता लाइन बसिसकेका छन् । त्यस्तै उम्मेदवारहरु भने यसको सदुपयोग गर्दै मतदातासंग मत मागिराखेका छन् ।
आजको मतदानका लागि तीन मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको कांग्रेसले जनाएको छ । महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ÷शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय